लगातार तेस्रो दिन घट्यो सेयर बजार, ४ अर्ब ९१ करोडको कारोबार
१७ वैशाख, काठमाडौं । साताको चौंथो कारोबारको दिन बिहीबार सेयर बजारमा झिनो अंकको गिरावट आएको छ । बिहीबार नेप्से ५.७३ अंकले घटेर २७३८.७२ को विन्दुमा पुगेको छ। आज ३४६ कम्पनीको १ करोड ९ लाख ७७ हजार कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ९१ करोड ६६ लाख रुपैयाँको कारोबार भएको हो ।
बिहिबार ९८ कम्पनीको सेयर मूल्य बढेको छ भने १६१ कम्पनीको घटेको छ । १० कम्पनीको सेयर मूल्य भने स्थिर रहेको हो । आज रिलायन्स स्पिनिङ मिल्सको सेयर सर्वाधिक कारोबार भएको छ । कम्पनीको यस दिन २६ करोड ७५ लाख ६८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
यस दिन कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य सर्वाधिक घटेको छ । कम्पनीको सेयर मूल्य १०.३८ प्रतिशतले घटेको छ । यस दिन श्रीनगर एग्रीटेक इण्डष्ट्रिजको सेयरमूल्य सर्वाधिक १२.५७ प्रतिशत बढेको छ।
प्रकाशित मिति : 15:23









