आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कारोबार कति ?
१७ वैशाख, काठमाडौं । साताको चौंथो कारोबारको दिन बिहीबार सेयर बजारमा झिनो अंकको गिरावट आएको छ । बिहीबार नेप्से ५.७३ अंकले घटेर २७३८.७२ को विन्दुमा पुगेको छ। आज ३४६ कम्पनीको १ करोड ९ लाख ७७ हजार कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ९१ करोड ६६ लाख रुपैयाँको कारोबार भएको हो ।
बिहिबार ९८ कम्पनीको शेयर मूल्य बढेको छ भने १६१ कम्पनीको घटेको छ । १० कम्पनीको सेयर मूल्य भने स्थिर रहेको हो । आज रिलायन्स स्पिनिङ मिल्सको सेयर सर्वाधिक कारोबार भएको छ । कम्पनीको यस दिन २६ करोड ७५ लाख ६८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, आँखुखोला जलविद्युत कम्पनीको २१ करोड ५१ लाख ५१ हजार, नेशनल हाइड्रोपावरको १९ करोड ३० लाख ५ हजार रुपैयाँ, शिवम् सिमेन्टको १७ करोड ३ लाख ३४ हजार रुपैयाँ र एनआरएन इन्फ्रस्ट्रक्चरको १५ करोड ४२ लाख ८ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : 15:19









