१७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026

बिहिबार यी कम्पनीका लगानीकर्ताले गुमाए सर्वाधिक

१७ वैशाख, काठमाडौं । साताको चौंथो कारोबारको दिन बिहीबार सेयर बजारमा झिनो अंकको गिरावट आएको छ । बिहीबार नेप्से ५.७३ अंकले घटेर २७३८.७२ को विन्दुमा पुगेको छ। आज ३४६ कम्पनीको १ करोड ९ लाख ७७ हजार कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ९१ करोड ६६ लाख रुपैयाँको कारोबार भएको हो ।

बिहिबार ९८ कम्पनीको शेयर मूल्य बढेको छ भने १६१ कम्पनीको घटेको छ । १० कम्पनीको शेयर मूल्य भने स्थिर रहेको हो । यस दिन कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य सर्वाधिक घटेको छ । कम्पनीको सेयर मूल्य १०.३८ प्रतिशतले घटेको छ । त्यसैगरी, माइखोला हाइड्रोपावरको ९.११ प्रतिशतले सेयर मूल्य घटेको छ ।

प्रकाशित मिति : 15:16