३ भदौ २०८३, बुधबार | Wed Aug 19 2026

योग्य संस्थागत लगानीकर्तालाई दर्ता तथा नवीकरण गर्न नेप्सेको आह्वान

१७ वैशाख, काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त योग्य संस्थागत लगानीकर्ताहरू (क्यूआईआई)लाई दर्ता तथा वार्षिक नवीकरणका लागि आह्वान गरेको छ।

नेप्सेले सूचना जारी गर्दै बुक बिल्डिङ विधिमार्फत निष्काशन हुने धितोपत्रमा सहभागी हुनका लागि क्यूआईआइले यथाशीघ्र दर्ता तथा नवीकरण गर्नुपर्ने जनाएको हो। योग्य संस्थागत लगानीकर्तालाई नयाँ दर्ताका लागि १० हजार रुपैयाँ शुल्क तोकिएको छ भने यसअघि नै दर्ता भइसकेका त्यस्ता लगानीकर्ताहरूले वार्षिक नवीकरणका लागि पाँच हजार रुपैयाँ बुझाउनु पर्ने छ।

लगानीकर्ताहरूले दर्ता तथा नवीकरण शुल्क ग्लोबल आइएमई बैंक लिमिटेड, कमलादी शाखामा रहेको नेप्से अपरेटिङ एकाउन्टमा जम्मा गर्नुपर्नेछ। नेप्सेको खाता नम्बर ०७५०१०१००००७७५ मा रकम जम्मा गरी सोको बैंक भौचर नेप्सेको इमेलमा पठाउनुपर्ने सूचनामा उल्लेख छ।

प्रकाशित मिति : April 30, 2026 at 2:03 pm