१७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026

तरलता व्यवस्थापन गर्न एकैदिन १ खर्ब २० अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक

१६ वैशाख, काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट एकैदिन १ खर्ब २० अर्ब रुपैयाँ खिच्न लागेको छ । बैंक तथा वित्तीय संस्थामा तरलता धेरै भएपछि केन्द्रीय बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत ९७ दिनका लागि उक्त रकम झिक्न लागेको हो ।

इच्छुक बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् । संकलित रकमको साँवा तथा ब्याज भुक्तानी आगामी साउन २० गते हुने राष्ट्र बैंकले जनाएको छ।निक्षेप संकलनमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क,ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले सहभागिता जनाउन सक्नेछन् ।

प्रकाशित मिति : 11:17