१७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026

दोर्दी खोला जलविद्युतलाई हकप्रद सेयर निष्काशनको पूर्वस्वीकृति

१७ वैशाख, काठमाडाैं। दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले हकप्रद सेयर निष्काशनका लागि पूर्वस्वीकृति प्राप्त गरेको छ। कम्पनीले जारी गरेको सूचनाअनुसार विद्युत नियमन आयोगले कम्पनीले प्रस्ताव गरेभन्दा कम अनुपातमा हकप्रद सेयर निष्काशन गर्न अनुमति दिएको हो।

 गत पुस २९ मा सम्पन्न वार्षिक साधारण सभाले हाल कायम चुक्ता पूँजी रु. २ अर्ब १० करोड ८५ लाख २० हजार ८ सयको १ः ०.५६६२१२७९ अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय गरेको थियो। सो निर्णयअनुसार पूर्वस्वीकृतिका लागि आयोगसमक्ष निवेदन दिइएको थियो।

आयोगले गत वैशाख १५ को पत्रमार्फत कम्पनीलाई संशोधित अनुपातमा हकप्रद सेयर निष्काशन गर्न स्वीकृति दिएको छ। आयोगको निर्णयअनुसार कम्पनीले हाल कायम चुक्ता पूँजीको १ः०.२८८ अनुपातमा रु. ६० करोड ८२ लाख ५४ हजार ९९२.६३ पैसा बराबरको हकप्रद सेयर जारी गर्न पाउनेछ। कम्पनीले सोही स्वीकृत अनुपात अनुसार आगामी प्रक्रिया अघि बढाउने जनाएको छ।

प्रकाशित मिति : 10:55