यसरी हेर्नुहोस् सोपन फर्मास्युटिकल्सको आईपीओको नतिजा
१७ वैशाख, काठमाडौं । सोपान फर्मास्युटिकल्स लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । कम्पनीले सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओ बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडले आज बिहान बाँडफाँड गरेको हो।
कम्पनीले वैशाख ३ गतेदेखि वैशाख ८ गतेसम्म सर्वसाधारणलाई प्रतिकित्ता १०० रुपैयाँका दरले ३४ लाख ७४ हजार ९०० कित्ता आईपीओ बिक्री खुला गरेको थियो। सो अवधिभर २७ लाख ६८ हजार ७४३ जनाको आवेदन परेकोमा २७ लाख ३० हजार ९८७ जनाको आवेदन मात्र स्वीकृत भएको छ।
कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथाबाट बाँडफाँड हुनेछ । गोलाप्रथाबाट बाँडफाँड गर्दा ३ लाख ४७ हजार ४९० जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् भने बाँकी सबै आवेदकको हात खाली भएको छ ।
कम्पनीकाे आईपीओ नतिजा केही समयपछि प्रकाशित हुनेछ । आईपीओ नतिजा बिक्री प्रबन्धकको वेबसाइट: https://nmbcl.com.np/ipo , मेरो शेयरबाट: https://meroshare.cdsc.com.np/#/login र सीडीएस एन्ड क्लियरिङले रिजल्ट हेर्न बनाएको वेबसाइटबाट: https://iporesult.cdsc.com.np/ बाट हेर्न सकिनेछ ।
प्रकाशित मिति : April 30, 2026 at 10:45 am









