१७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026

आशा लघुवित्तको नाफा १६८ प्रतिशतले बढ्याे, प्रतिसेयर आम्दानी कति ?

१७ वैशाख, काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले १७ करोड ६२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोहि अवधिको तुलनामा १६८.७५ प्रतिशतले बढी हो । अघिल्लो आवको सोहि अवधिसम्म भने संस्थाले ६ करोड ५५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यो अवधिसम्म संस्थाले ६२ करोड २२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन अघिल्लो आवको सोहि अवधिको तुलनामा २२.४५ प्रतिशतले धेरै हो । अघिल्लो आवमा संस्थाले ५० करोड ८० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

चुक्ता पूँजी ८० करोड २६ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ३६ करोड ४० लाख रुपैयाँ सञ्चिति छ। चैत मसान्तसम्म ग्राहकमा ११ अर्ब ३६ करोड ७७ लाख रुपैयाँ कर्जा परिचालन गरी ३ अर्ब ६६ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ। कम्पनीको सम्पत्तिको कुल मूल्य १२ अर्ब ४ करोड रुपैयाँ नाघेको छ।

संस्थाको वितरणयोग्य मुनाफा १४ करोड ९० लाख रहेको छ । जुन अघिल्लो आवको तुलनामा २०७.०५ प्रतिशतले बढी हो । संस्थाको लाभांश क्षमता पनि ६.६२ प्रतिशतबाट बढेर १८.५७ प्रतिशत पुगेको छ ।

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस) २९.२८ रुपैयाँ,प्रतिसेयर नेटवर्थ १६३.९२ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ५००.०१ रुपैयाँ,मूल्य आम्दानी अनुपात ३९.१८ गुणा रहेकाे छ ।

प्रकाशित मिति : 10:27