१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

नेपाल लाइफको व्यतित बीमालेख नविकरण गर्दा शतप्रतिशतसम्म छुट पाइने

१७ वैशाख, काठमाडाैं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले रजत जयन्तीको अवसरमा ल्याएको विशेष बीमा पुनर्जागरण योजनामा थप छुटको व्यवस्था गरेको छ। कम्पनीले बीमितहरूको मागलाई मध्यनजर गर्दै वैशाख १७ गतेदेखि योजना परिमार्जन गरी बाँकी अवधि जेठ ५ गतेसम्म लागू हुने जनाएको हो।

यसअघि १८० दिनभन्दा बढी समयदेखि व्यतित बीमालेखलाई नवीकरण गर्दा बिलम्ब शुल्कमा छुट दिने व्यवस्था गरिएको थियो। अब भने ५ वर्षभन्दा बढी समयदेखि निष्क्रिय रहेका बीमालेखहरूमा पनि थप छुट प्रदान गरिएको छ।

विभिन्न बीमा योजनामा ५ वर्षसम्म व्यतित बीमालेख नविकरण गर्दा बिलम्ब शुल्कमा १०० प्रतिशतसम्म छुट दिइनेछ भने केही अन्य योजनाहरूमा सोही अवधिमा ५० प्रतिशत छुट लागू हुनेछ। साथै ५ वर्षभन्दा बढी समयदेखि व्यतित बीमालेखहरूमा २५ प्रतिशत छुटको व्यवस्था गरिएको कम्पनीले जनाएको छ।

प्रकाशित मिति : April 30, 2026 at 9:59 am