५ वर्षभन्दा पुरानो लाभांश बुझिलिन सेयरधनीलाई युनिलिभर नेपालको आग्रह
१७ वैशाख, काठमाडाैं । युनिलिभर नेपाल लिमिटेडले ५ वर्षभन्दा पुरानो लाभांश बुझिलिन आग्रह गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै २७ औं साधारण सभाबाट लाभाशं पारित भए बमोजिम आव २०७६/७७ को पाँच वर्षभन्दा पुरानो लाभांश बुझिलिन आग्रह गरेको हो ।
उक्त अवधिको लाभांश रकम सम्बन्धित सेयरधनीहरूले वा निजको हकवालाले हालसम्म पनि लिन नआएकाले तथा दाबी समेत नपरेकाले कम्पनीको अभिलेखमा हालसम्म भुक्तानी हुन बाँकी देखिएकोले लगानीकर्ता संरक्षण कोष व्यवस्थापन तथा सञ्चालन कार्यविधि बमोजिम लाभांश रकम बुझिलिन कम्पनीले आग्रह गरेको हाे ।
उक्त आवको लाभाशं रकम भुक्तानी लिन बाँकी रहेका सेयरधनीहरूले आफ्नो सेयर प्रमाणपत्रका साथ आफ्नो कुनै परिचय पत्र लिई यो सूचना प्रकाशित भएको मितिले ३० दिन भित्र यस कम्पनीको सेयर रजिष्ट्रारको कार्यालय लक्ष्मी सनराइज क्यापिटलमा सम्पर्क गर्नु पर्नेछ ।
तोकिएको अवधिभित्र लाभांश रकम नलिएमा कम्पनी ऐन, २०६३ को दफा १८३ बमोजिम उक्त रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने पनि कम्पनीले जनाएकाे छ ।
प्रकाशित मिति : 09:44









