३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026

कान्छाराम तामाङलाई जिल्ला सभापतिबाट निलम्बन गर्ने कांग्रेसको निर्णय

१६ वैशाख, काठमाडौं ।नेपाली कांग्रेसले पार्टीका नेता पूर्णबहादुर तामाङ ‘कान्छाराम’ लाई जिल्ला सभापतिबाट निलम्बन गर्ने निर्णय गरेको छ।

पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार, बुधबार बसेको पार्टीको अनुशासन समितिको बैठकले उहाँलाई जिल्ला सभापतिको पदमा बसेर कामकाज गर्न नपाउनेगरी निलम्बन गर्ने निर्णय गरेको हो ।

कान्छाराममाथि वैशाख ७ गते अनुशासन समितिले स्पष्टीकरण सोधेको थियो। उहाँले पार्टी नेतृत्वका विरूद्ध वद्नियत राखी भ्रमपूर्ण र तथ्यहिन अभिव्यक्ति दिएको आरोपमा स्पष्टीकरण सोधिएको थियो। कान्छारामले वैशाख ८ गते स्पष्टीकरण बुझाउनुभएकाे थियाे ।

प्रकाशित मिति : April 29, 2026 at 4:14 pm