१६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026

बुधबार रिलायन्स स्पिनिङ मिल्ससहित यी कम्पनीमा झुम्मिए लगानीकर्ता

१६ वैशाख, काठमाडौं । साताको तेस्रो कारोबारको दिन बुधबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बुधबार नेप्से २५.८१ अंकले घटेर २७४४.४५ को बिन्दुमा बन्द भएको छ । आज ३० कम्पनीको सेयर मूल्य बढेको छ भने २३५ कम्पनीको सेयर मूल्य घटेको छ । ४ कम्पनीको सेयर मुल्य यस दिन स्थिर रहेको छ ।

आज ३५१ कम्पनीको १ करोड २१ लाख ३४ हजार कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ९८ करोड ६२ लाख रुपैयाँको कारोबार भएको हो । बुधबार रिलायन्स स्पिनिङ मिल्सको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको २४ करोड १९ लाख ६३ हजार रुपैँया बराबरको कारोबार भएको छ । त्यस्तै, पाल्पा सिमेन्ट इन्डष्ट्रिको २० करोड २२ लाख ८५ हजार रुपैयाँ, कर्पोरेट डेभलपमेन्ट बैंकको १८ करोड २४ लाख ५३ हजार रुपैँया, सोलु हाइड्रोपावरको १७ करोड ७९ लाख ७३ हजार रुपैँया र कुमारी बैंकको २२ करोड १२ लाख ९१ हजार रुपैँयाको कारोबार भएको हो ।

प्रकाशित मिति : 15:20