सोपान फर्मास्युटिकल्सको आईपीओ बाँडफाँड मिति तय, कतिले पाउँछन् सेयर ?
१६ वैशाख, काठमाडौं । सोपान फर्मास्युटिकल्स लिमिटेडको आईपीओ भोलि बाँडफाँड हुने भएको छ । कम्पनीको आईपीओ बिहिबार बिहान ९ बजे बाँडफाँड हुने बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ ।
कम्पनीले सर्वसाधारणका लागि कुल ३४ लाख ७४ हजार ९०० कित्ता सेयर निष्कासन गरेको थियो । आईपीओमा २९ लाख १४ हजार ४४३ जनाले आवेदन दिएका थिए । उक्त आईपीओमा मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथाबाट बाँडफाँड हुने छ ।
गोलाप्रथाबाट बाँडफाँड गर्दा ३ लाख ४७ हजार ४९० जनाले मात्र १० कित्ताका दरले सेयर हात पार्नेछन् । बाँकी करिब २५ लाख ६६ हजार आवेदकको हात खाली हुने छ।
प्रकाशित मिति : 12:28









