१६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026

प्रि ओपन सेसनमा करिब १ अंकले बढ्यो नेप्से

१६ वैशाख, काठमाडौं । बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब १ अंकले बढेको छ। यस दिन सो सेसनमा नेप्से ०.९८ अंकले बढेर २७७१.२५ विन्दुमा पुगेको छ।

बुधबार प्रि ओपन सेसनमा ४० स्टकको ६९ पटकको कारोबारमा १ करोड ६१ लाख ९६ हजार ५०५ रुपैयाँ ४९ पैसाबराबरको ४ हजार ५२५ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : 11:02