१६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026

बजारबाट ४० अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक

१६ वैशाख, काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ झिक्न लागेको छ । बैंक तथा वित्तीय संस्थामा तरलता धेरै भएपछि केन्द्रीय बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत ४९  दिनका लागि उक्त रकम झिक्न लागेको हो ।

इच्छुक बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् । संकलित रकमको साँवा तथा ब्याज भुक्तानी आगामी असार ३ गते हुने राष्ट्र बैंकले जनाएको छ।निक्षेप संकलनमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क,ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले सहभागिता जनाउन सक्नेछन् ।

प्रकाशित मिति : 10:46