१६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026

नेपाल पुनर्बीमा कम्पनीको सञ्चालकमा प्याकुरेल नियुक्त

१६ वैशाख, काठमाडौं। नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको सञ्चालक समितिको सदस्यमा राजु प्रसाद प्याकुरेल नियुक्त हुनुभएको छ । प्याकुरेललाई नेपाल सरकारको अर्थमन्त्रीस्तरको वैशाख १४ गतेको निर्णयले कम्पनीको सञ्चालक सदस्य पदमा मनोनयन गर्ने निर्णय गरेको थियो ।

जसपश्चात कम्पनीको वैशाख १५ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयानुसार प्याकुरेलले पदवाहाली गर्नुभएको कम्पनीले जनाएको छ । यसअघिमा सञ्चालक सुरेन्द्र कुमार पौडेलले गत चैत २० गतेदेखि लागू हुनेगरी राजीनामा दिनुभएको थियो । उहाँको राजीनामा अर्थमन्त्री स्तरको वैशाख १ गतेको बैठकले स्वीकृत गरेको थियो ।

प्रकाशित मिति : 10:35