६ जेष्ठ २०८३, बुधबार | Thu May 21 2026

‘बेरंगी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक

१५ वैशाख, काठमाडौँ। शन्त कुमार राईको शब्द रचनामा ‘बेरंगी’ बोलको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ। शन्त कुमार राईको शब्द रहेको यस गीतमा देबेश राईको संगीत, कम्पोजिसन, एरेन्ज, रेकर्डिङ, मिक्सिङ तथा मास्टरिङ समेटिएको छ। लामो समयदेखि नेपाली गीत–संगीत क्षेत्रमा सक्रिय शन्त राईका यसअघि पनि थुप्रै गीतहरू सार्वजनिक भइसकेका छन्। उनी सञ्चार क्षेत्रमा समेत लामो समयदेखि सक्रिय रहँदै आएका छन्।

गीतमा प्रशान्त सिवाकोटी र ससिका राईको स्वर रहेको छ भने रेकर्डिङ रंगकासु राई स्टुडियोमा गरिएको हो। किरण राईको निर्देशन तथा कथामा तयार भएको यस म्युजिक भिडियोमा शन्त कुमार राई, अञ्जना थुलुङ, राजन कुमार राई र विश्व राईको अभिनय देख्न सकिन्छ। छायांकन, सम्पादन तथा कलर इसाक जबेगुको रहेको भिडियो आकर्षक बनेको छ।

उक्त म्युजिक भिडियो सार्वजनिक भएसँगै दर्शक तथा स्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको छ। SKR Pictures को युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यो भिडियोसँगै लामो समयदेखि अभिनय क्षेत्रमा सक्रिय शन्त कुमार राईको यो पहिलो गीत रचना हो। हाल उनी बेलायतमा बसोबास गर्दै आएका छन्।

प्रकाशित मिति : April 28, 2026 at 4:07 pm