१५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026

सेयर बजारमा दोहोरो अंकको गिरावट, ६ अर्ब ५३ करोडको कारोबार

१५ वैशाख, काठमाडौं । साताको दोस्रो कारोबारको दिन मंगलबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । मंगलबार नेप्स २६.१६ अंकले घटेर २७७०.२६ को बिन्दुमा बन्द भएको छ। यस दिन ४२ कम्पनीको सेयर मूल्य बढेको छ भने २१३ कम्पनीको सेयर मूल्य घटेको छ । यस दिन १४ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । आज ३४९ कम्पनीको १ करोड ४० लाख १८ हजार कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ५३ करोड १७ लाख रुपैयाँको कारोबार भएको हो ।

आज पाल्पा सिमेन्ट इन्डष्ट्रिको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ५८ करोड ३३ लाख ४० हजार रुपैँया बराबरको कारोबार भएको छ । कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमा यस दिन नकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता १४.९९ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : 15:28