१५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026

गरिमा विकास बैंकको नाफासँगै बढ्यो ईपीएस, वितरणयोग्य मुनाफा कति ?

१५ वैशाख, काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा बैंकले ७१ अर्ब ४ करोड ८२ लाख खुद नाफा कमाएको छ ।  यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४२.९१ प्रतिशतको बढी हाे । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ७३ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको थियाे ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २ अर्ब ६६ करोड ९७ लाख रुपैयाँबाट ४.८७ प्रतिशतले बढेर २ अर्ब ७९ करोड ९८ लाख रुपैयाँ पुगेको छ  । बैंकको सञ्चालन आम्दानी ३ अब ७ करोड १३ लाख रुपैयाँबाट ८.३९ प्रतिशतले बढेर ३ अर्ब ३२ करोड ८९ लाख रुपैयाँ पुगेसँगै सञ्चालन मुनाफा १ अर्ब ४ करोड ९१ लाख रुपैयाँबाट ४४ प्रतिशतले बढेर १ अर्ब ५१ करोड १६ लाख रुपैयाँ नाघेको छ।

चुक्ता पूँजी ६ अर्ब २ करोड रुपैयाँ रहेको यस बैंकको जगेडा कोषमा ३ अर्ब ४४ करोड रुपैयाँ सञ्चिति रहेको छ। बैंकको वितरणयोग्य मुनाफा ३५ करोड ४ लाख रुपैयाँबाट ७८.९६ प्रतिशत वृद्धि भई ६२ करोड ७२ लाख रुपैयाँ पुगेको छ।

यता बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) १७.२२ रुपैयाँबाट बढेर २३.२१ रुपैयाँ पुग्दा खराब कर्जा ४.७८ प्रतिशतबाट सामान्य घटेर ४.७७ प्रतिशत कायम भएको छ। बैंककाे प्रतिसेयर नेटवर्थ १६७.५८ रुपैयाँ रहेको छ।

प्रकाशित मिति : 11:56