१२ जेष्ठ २०८३, मंगलबार | Wed May 27 2026

धितोपत्र बोर्डको अध्यक्षको लागि आवेदन खुल्यो, सात दिन भित्र विवरण पेश गर्न आह्वान

१५ वैशाख, काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) को रिक्त अध्यक्ष पद पूर्तिका लागि अर्थ मन्त्रालयले औपचारिक रूपमा आवेदन आह्वान गर्दै नियुक्ति प्रक्रिया अघि बढाएको छ। मन्त्रालयअन्तर्गत गठित सिफारिस समितिले सार्वजनिक सूचना जारी गर्दै योग्य नेपाली नागरिकलाई ७ दिन भित्र अर्थात् वैशाख २१ भित्र व्यक्तिगत विवरण पेश गर्न आग्रह गरेको छ। बो

इच्छुक उम्मेदवारहरूले वैशाख २१ गतेभित्र सिंहदरबारस्थित वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा आवश्यक कागजातसहित आवेदन दिनुपर्नेछ।

अध्यक्ष पदका लागि न्यूनतम स्नातकोत्तर उपाधि अनिवार्य गरिएको छ भने पूँजी बजार व्यवस्थापन, वित्तीय, आर्थिक, वाणिज्य, व्यवस्थापन वा कानून क्षेत्रमा कम्तीमा ७ वर्षको पेशागत अनुभव भएको हुनुपर्नेछ। साथै उच्च नैतिक चरित्र, पेशागत दक्षता तथा धितोपत्र सम्बन्धी ऐन, २०६३ अनुसार अयोग्य नभएको स्पष्ट मापदण्ड तोकिएको छ। उम्मेदवारको उमेर ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्नेछ।

प्रकाशित मिति : April 28, 2026 at 10:09 am