१४ बैशाख २०८३, सोमबार | Mon Apr 27 2026

नेप्सेमा झिनो अंकको सुधार, कारोबार रकम भने घट्यो

१४ वैशाख, काठमाडौं । साताको पहिलो कारोबारको दिन सोमबार सेयर बजारमा झिनो अंकको सुधार आएको छ । यस दिन नेप्से ७.७३ अंकले बढेर २७९६.४३ को बिन्दुमा बन्द भएको छ । सोमबार १५७ कम्पनीको सेयर मूल्य बढेको छ भने १०२ कम्पनीको घटेको छ । १० कम्पनीको सेयर मूल्य स्थिर रहेको हो ।

आज ३५१ कम्पनीको १ करोड ८ लाख ९९ हजार कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ७३ करोड रुपैयाँको कारोबार भएको हो । सोमबार रिलायन्स स्पिनिङ मिल्सको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ३० करोड ७१ लाख ८१ हजार रुपैँया बराबरको कारोबार भएको छ ।

सोमबार ४ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस दिन कर्पोरेट डेभलपमेन्ट बैंक, पाल्पा सिमेन्ट इण्डष्ट्रीज, शिखर पावर डेभलपमेन्ट र सिटि होटलको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हाे । निफ्रा ग्रीन इनर्जी डिबेञ्चर ६ प्रतिशत २०८८/८९ को मूल्य यस दिन सर्वाधिक १४.०१ प्रतिशत घटेको छ।

प्रकाशित मिति : 15:35