रिलायन्स स्पिनिङ मिल्ससहित यी कम्पनीमा झुम्मिए लगानीकर्ता
१४ वैशाख, काठमाडौं । साताको पहिलो कारोबारको दिन सोमबार सेयर बजारमा झिनो अंकको सुधार आएको छ । यस दिन नेप्से ७.७३ अंकले बढेर २७९६.४३ को बिन्दुमा बन्द भएको छ । सोमबार १५७ कम्पनीको सेयर मूल्य बढेको छ भने १०२ कम्पनीको घटेको छ । १० कम्पनीको सेयर मूल्य स्थिर रहेको हो ।
आज ३५१ कम्पनीको १ करोड ८ लाख ९९ हजार कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ७३ करोड रुपैयाँको कारोबार भएको हो । सोमबार रिलायन्स स्पिनिङ मिल्सको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ३० करोड ७१ लाख ८१ हजार रुपैँया बराबरको कारोबार भएको छ । त्यस्तै, आँखुखोला जलविद्युत कम्पनीको २५ करोड ९७ लाख १ हजार रुपैयाँ, सोलु हाइड्रोपावरको २३ करोड ९७ लाख ८१ हजार रुपैँया, नेशनल हाइड्रोपावरको १४ करोड ८९ लाख ९९ हजार रुपैयाँ र कर्पोरेट डेभलपमेन्ट बैंकको १२ करोड ८८ लाख ७८ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : 15:32









