४ कम्पनीको सेयरमा सकारात्मक सर्किट, कुनको मूल्य कति बढ्यो ?
१४ वैशाख, काठमाडौं । साताको पहिलो कारोबारको दिन सोमबार सेयर बजारमा झिनो अंकको सुधार आएको छ । यस दिन नेप्से ७.७३ अंकले बढेर २७९६.४३ को बिन्दुमा बन्द भएको छ । सोमबार १५७ कम्पनीको सेयर मूल्य बढेको छ भने १०२ कम्पनीको घटेको छ । १० कम्पनीको सेयर मूल्य स्थिर रहेको हो ।
आज ३५१ कम्पनीको १ करोड ८ लाख ९९ हजार कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ७३ करोड रुपैयाँको कारोबार भएको हो । सोमबार ४ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस दिन कर्पोरेट डेभलपमेन्ट बैंक, पाल्पा सिमेन्ट इण्डष्ट्रीज, शिखर पावर डेभलपमेन्ट र सिटि होटलको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हाे ।

प्रकाशित मिति : 15:10









