१२ जेष्ठ २०८३, मंगलबार | Wed May 27 2026

अरुण काबेली पावरलाई हकप्रद निष्कासन गर्न पूर्वस्वीकृति प्रदान

१४ वैशाख, काठमाडौँ । विद्युत नियमन आयोगले अरुण काबेली पावर लिमिटेडलाई हकप्रद सेयर निष्कासनको पूर्वस्वीकृति प्रदान गरेको छ।वैशाख ३ गते बसेको ३०७ औँ बैठकले कम्पनीलाई हाल कायम चुक्ता पूँजी ३ अर्ब ८९ करोड ५९ लाख ४२ हजार १०० को १ः०.५ अनुपातमा १ अर्ब ९४ करोड ७९ लाख ७१ हजार ५० बराबरको हकप्रद सेयर निष्कासन गर्न स्वीकृति दिने निर्णय गरेको हो।

कम्पनीले हकप्रद सेयरबाट संकलन हुने रकममध्ये रु. १०० करोड काबेली बी–१ जलविद्युत आयोजना निर्माणका क्रममा लिएको ऋण भुक्तानीमा खर्च गर्ने जनाएको छ।

त्यस्तै, बाँकी रु. ९४ करोड ७९ लाख रकम काबेली इनर्जी लिमिटेड मार्फत ३७.६ मेगावाट क्षमताको काबेली ए जलविद्युत आयोजनामा लगानी गरिने जनाएकाे छ ।

प्रकाशित मिति : April 27, 2026 at 10:30 am