५६ प्रतिशतले बढ्यो मकर जितुमाया सुरीको नाफा, प्रतिसेयर आम्दानी कति ?
१३ वैशाख, काठमाडाैं । मकर जितुमाया सुरी हाईड्रोले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा कम्पनीले ८ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५६.४२ प्रतिशतले बढी हो ।
कम्पनीले गत आवको तेस्रो त्रैमाससम्म भने ५ करोड ५६ लाख रुपैयाँ बराबरको खुद नाफा कमाएको थियो । यो अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ३२ करोड ३९ लाख रुपैयाँ आर्जन गर्न सफल भएको छ । यो रकम अघिल्लो आवमा कम्पनीले आर्जन गरेको ३१ करोड ४२ लाखको तुलनामा ३.०९९ प्रतिशतले बढी हो ।
अघिल्लो आवको तेस्रो त्रैमाससम्म १३ करोड ७७ लाख रुपैयाँ रहेको कम्पनीको वित्त खर्च घटेर ११ करोड ५१ लाखमा सीमित बनेको छ ।कम्पनीको प्रतिसेयर आम्दानी ७.३३ रुपैयाँबाट बढेर ११.४६ रुपैयाँ पुगेको छ । यस्तै प्रतिसेयर नेटवर्थ ११५.७९ रुपैयाँ कायम भएको छ ।
प्रकाशित मिति : 14:59









