२१ असार २०८१, शुक्रबार | Fri Jul 5 2024

बलात्कृत भएपछि काठमाडौँकै एक युवतीले गरिन आत्महत्याको प्रयास


१३ चैत, काठमाडौँ । काठमाडौँमा एक युवतीले बलात्कृत भएपछि आत्महत्याको प्रयास गरेकी छिन । काठमाडौँ महानगरपालिका वडा नं. ९, तिलगंगामा एक युवतीले बलात्कृत भएपछि आत्महत्याको प्रयास गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार गत ११ साउनमा सिरहाली गेष्ट हाउसमा कार्यरत् २२ वर्षीय एक युवतीले विष सेवन गरी आत्महत्याको प्रयास गरेकी थिइन् । तर उनलाई तत्कालै उपचारका लागि काठमाडौं मेडिकल कलेज पुगेपछि बेडबाटै उनले प्रहरीलाई आफू एक युवकबाट बलात्कृत भएपछि आत्महत्याको प्रयास गरेको बताएकी थिइन् । पछि उनले प्रहरीमा जाहेरी समेत दिएकी छिन ।

उनकै जाहेरीको आधारमा प्रहरीले धनुषाको साबिक बहअर्वा–७ का २१ वर्षीय सुधिरकुमार कापरलाई पक्राउ गरेको छ । उनी ८ महिनापछि पक्राउ परेका हुन । उनलाई जबरजस्तीकरणीको मुद्दा चलाइएको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७४, मंगलवार १८:३२