कांग्रेस संसदीय दलको नेता चयनका लागि बैठक आह्वान
१३ वैशाख, काठमाडौं। नेपाली कांग्रेसले संसदीय दलको नेता चयनका लागि केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ । बैठक सोमबार ११ बजे बस्न लागेको हो ।
उक्त बैठकमा पार्टी सभापति गगन थापाले संसदीय दलको नेताका लागि सहमतिको प्रस्ताव पेस गर्ने र सहमतिको आधारमा नेताको नाम टुङ्ग्याउने तयारी भएको छ ।
कार्यसम्पादन समितिको बैठक लगत्तै भोलि नै दिउँसो १ बजे संसदीय दलको बैठक पनि बोलाइएको छ। बैठकबाट दलको नेता चयनसम्बन्धी विषयलाई पारित गर्ने कार्यसूची रहेको निर्वाचन समितिका संयोजक प्रकाश रसाइलीले बताउनुभयो ।
प्रकाशित मिति : 13:15









