मेन्छियाम हाइड्रोपावरको ४३ लाख कित्ता सेयरको लकइन अवधि समाप्त
१३ वैशाख, काठमाडौं । मेन्छियाम हाइड्रोपावर लिमिटेडको ४३ लाख कित्ता सेयरको लकइन अवधि समाप्त भएको छ । कम्पनीको कुल ४३ लाख ७ हजार २८३ कित्ता सेयरको लकइन अवधि वैशाख १२ गते समाप्त भएको हो ।
कम्पनीको संस्थापकतर्फको ३७ लाख ९८ हजार ८३ कित्ता, स्थानीय बासिन्दाहरूको ५ लाख ५ हजार ७८० कित्ता र कर्मचारीतर्फको ३ हजार २४० कित्ता सेयरको लइकन अवधि समाप्त भएको हो।
उक्त सेयरको तीन वर्षदेखि लागेको लकइन अवधि समाप्त भएसँगै भोलि सोमबारदेखि कारोबार खुल्ने भएको छ। यद्यपि सञ्चालक तथा कम्पनीको उच्च व्यवस्थापकीय पदमा कार्यरत कर्मचारीहरूको भने नियमानुसार सेयर रोक्का रहनेछ।
प्रकाशित मिति : April 26, 2026 at 10:24 am









