१३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026

स्वरोजगार लघुवित्तको सेयर बिक्रीमा, क-कसले किन्न पाउछन् ?

१३ वैशाख, काठमाडौं। स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले आजदेखि संस्थापक समूहका केही सेयरधनीहरुको नाममा रहेको १४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

सो सेयरमा संस्थाका संस्थापक सेयरधनीले मात्रै खरिदका लागि आवेदन दिन सक्नेछन् । इच्छुक संस्थापक सेयरधनीहरूले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजात प्रमाण संलग्न गरी स्थाको केन्द्रीय कार्यालयमा आफुले खरिद गर्ने सेयर कित्ता संख्याको ब्यहोरा खुलाई आवेदन दिनु पर्नेछ ।

 साथै, तोकिएको समयभित्र सो सेयर खरिदका लागि संस्थापक सेयरधनीहरुबाट कुनै पनि निवेदन पेश हुन नआएमा प्रचलित नियमानुसार संस्थापक सेयरधनी बाहेकका अन्य व्यक्ति वा संस्थालाइ सेयर बिक्रीका लागि आवश्यक कारवाही अघि बढाइने संस्थाले जनाएको छ ।

प्रकाशित मिति : April 26, 2026 at 10:16 am