११ बैशाख २०८३, शुक्रबार | Fri Apr 24 2026

नेपाली कांग्रेसले गर्यो संसदीय दलको नेता चयन प्रक्रिया स्थगित

११ वैशाख, काठमाडौं । नेपाली कांग्रेस प्रतिनिधिसभाअन्तर्गत संसदीय दलको नेता चयन प्रक्रिया हाललाई स्थगित गरेको छ । निर्वाचन समितिकी सदस्य मुना भुसालले अहिलेका लागि संसदीय दल नेता चयनसम्बन्धी प्रक्रिया स्थगित गरिएको बताउनुभयाे ।

दलको नेता सहमतिमा चयन गर्नका लागि उपसभापति विश्व प्रकाश शर्माको नेतृत्वमा सात सदस्य समिति बनाइएको थियो । उपसभापति समितिमा पुष्पा भुसाल, महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरे, निर्वाचन समितिका संयोजक प्रकाश रसाइली ‘स्नेही’, मुना भुसाल र राजु कटुवाल हुनुहुन्छ ।

अर्जुननरसिंह केसी, भीष्मराज आङदेम्बे, नेता मोहन आचार्य संसदीय दल नेताका दाबेदार हुनुहुन्छ ।  नेताहरूबीच दलको नेता चयनको विषयमा सहमति नजुट्दा आज हुने भनिएको निर्वाचन स्थगित भएको छ ।

प्रकाशित मिति : 16:09