११ बैशाख २०८३, शुक्रबार | Fri Apr 24 2026

तीन कम्पनीकाे सेयरमा सकारात्मक सर्किट, कुनकाे मूल्य कति बढ्याे ?

११ वैशाख, काठमाडौं । साताको अन्तिम कारोबारको दिन शुक्रबार सेयर बजारमा झिनो अंकको सुधार आएको छ । शुक्रबार नेप्से १.५४ अंकले बढेर २७८८.७० को विन्दुमा पुगेको छ। आज ३५१ कम्पनीको १ करोड २१ लाख ७४ हजार कित्ता सेयर किनबेच हुँदा ५ अर्ब २७ करोड ३ लाख रुपैयाँको कारोबार भएको हो ।

आज ८७ कम्पनीको सेयर मूल्य बढेको छ भने १६८ कम्पनीको सेयर मूल्य घटेको छ । १४ कम्पनीको सेयर मूल्य स्थिर रहेको हो । यस दिन तीन कम्पनीकाे सेयर मूल्यमा सकारात्मक सर्किट लागेकाे छ । यस दिन पाल्पा सिमेन्ट इण्डष्ट्रीज, शिखर पावर डेभलपमेन्ट र माइ खोला हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेकाे हाे ।

प्रकाशित मिति : 15:27