३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026

एपोलो हाइड्रोपावरको आईपीओ बाँडफाँड, कतिले पाए सेयर ?

११ वैशाख, काठमाडौं । एपोलो हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँड  भएको छ । कम्पनीले चैत २६ गतेदेखि वैशाख २ गतेसम्म सर्वसाधारणका लागि खुला गरेको आईपीओ आज बिक्री प्रबन्धक हिमालयन क्यापिटलले बाँडफाँड गरेको हो।

कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ७ लाख ८० हजार २०० कित्ता आईपीओ जारी गरेको थियो।  बिक्री खुला अवधिभर २७ लाख ७१ हजार १८ जनाको आवेदन परेकोमा २७ लाख २७ हजार ११७ जनाको मात्रै आवेदन स्वीकृत भएको छ।

मागभन्दा बढी आवेदन परेको कारण कम्पनीको आईपीओ गोलाप्रथाबाट बाँडफाँड गरिएको छ। गोलाप्रथाबाट बाँडफाँड गर्दा ७८ हजार २० जनाले १० कित्ताका दरले सेयर पाएका छन् भने २६ लाखभन्दा बढीको हात रित्तो भएको छ।

प्रकाशित मिति : 10:27