१० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026

जीवन बीमा कम्पनीले संकलन गरे १ खर्ब ४० अर्ब प्रिमियम, कुनको कति ?

१० वैशाख, काठमाडाैं । जीवन बीमा कम्पनीहरुले करिब १ खर्ब रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आवको तेस्रो त्रैमाससम्म १४ जीवन बीमा कम्पनीले १ खर्ब ४० अर्ब ४५ करोड ७० लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेका हुन् । यो प्रिमियम रकम गत आवको सोही अवधिसम्मको तुलनामा ११.३१ प्रतिशत बढी हो । गत आवको तेस्रो त्रैमाससम्म जीवन बीमा कम्पनीहरुले १ खर्ब २६ अर्ब १८ करोड १२ लाख रुपैयाँ प्रिमियम संकलन गरेका थिए ।

याे अवधिसम्ममा नेपाल लाइफ इन्स्योरेन्सले सर्वाधिक प्रिमियम संकलन गरेकाे छ ।  कम्पनीले सो अवधिसम्म ३६ अर्ब ८६ करोड १९ लाख रुपैयाँ प्रिमियम संकलन गरेको छ ।

त्यस्तै, नेशनल लाइफले १७ अर्ब ७ करोडकाे प्रिमियम संकलन गरेकाे छ । साथै, एलआइसी नेपालले १५ अर्ब १७ करोड, हिमालयन लाइफले १३ अर्ब २६ करोड, राष्ट्रिय जीवन बीमा कम्पनीले ९ अर्ब ११ करोड, सूर्यज्योति लाइफले ८ अर्ब ५५ करोड, एशियन लाइफले ७ अर्ब २४ करोड, सिटिजन लाइफले ६ अर्ब ६ करोड, सानिमा रिलायन्स लाइफले ५ र्ब ४२ करोड, आइएमई लाइफले ४ अर्ब ९्र५ करोड, मेट लाइफले ४ अर्ब ९० करोड, रिलायबल नेपाल लाइफले ४ अर्ब ४४ करोड, प्रभु महालक्ष्मी लाइफले ४ अर्ब १९ करोड र सन नेपाल लाइफले ३ अर्ब १७ करोड रुपैयाँ बराबरको प्रिमियम संकलन गरेका छन् ।

प्रकाशित मिति : 17:10