सेयर बजारमा गिरावट, २८०० विन्दुभन्दा तल झर्यो नेप्से
१० वैशाख, काठमाडौं । बिहीबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बिहीबार नेप्से १७.०१ अंकले घटेर २७८७.१५ को बिन्दुमा बन्द भएको छ । आज ३४८ कम्पनीको १ करोड १३ लाख ७५ हजार ६९९ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ९ करोड ५९ लाख ५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
आज रिलायन्स स्पिनिङ मिल्सको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ३० करोड ४२ लाख ५२ हजार रुपैँया बराबरको कारोबार भएको छ । बिहीबार दुई कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ। पाल्पा सिमेन्ट र शिखर पावर डेभलपमेन्टको सेयरमा यस दिन सकारात्मक सर्किट लागेको छ । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको सेयरमूल्य यस दिन सर्वाधिक ११.७९ प्रतिशत घटेको छ।
प्रकाशित मिति : 15:25









