बिहीबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कारोबार कति ?
१० वैशाख, काठमाडौं । बिहीबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बिहीबार नेप्से १७.०१ अंकले घटेर २७८७.१५ को बिन्दुमा बन्द भएको छ । आज ३४८ कम्पनीको १ करोड १३ लाख ७५ हजार ६९९ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ९ करोड ५९ लाख ५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
आज रिलायन्स स्पिनिङ मिल्सको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ३० करोड ४२ लाख ५२ हजार रुपैँया बराबरको कारोबार भएको छ । त्यस्तै, सोलु हाइड्रोपावरको २६ करोड ७ लाख ५२ हजार रुपैयाँ , आँखुखोला जलविद्युत कम्पनीको २६ करोड ५ लाख ७९ हजार रुपैँया, होटल फरेस्ट इनको २२ करोड १५ लाख १५ हजार रुपैयाँ र नेशनल हाइड्रोपावरको १८ करोड ६६ लाख ८३ हजार रुपैयाँको कारोबार भएको छ ।

प्रकाशित मिति : 15:20









