१० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026

दुई कम्पनीको सेयरमा सकारात्मक सर्किट, कुनको मूल्य कति बढ्यो ?

१० वैशाख, काठमाडौं । बिहीबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बिहीबार नेप्से १७.०१ अंकले घटेर २७८७.१५ को बिन्दुमा बन्द भएको छ । आज ३४८ कम्पनीको १ करोड १३ लाख ७५ हजार ६९९ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ९ करोड ५९ लाख ५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।

बिहीबार दुई कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ। पाल्पा सिमेन्ट र शिखर पावर डेभलपमेन्टको सेयरमा यस दिन सकारात्मक सर्किट लागेको छ ।

प्रकाशित मिति : 15:10