१० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026

प्रहरी प्रतिष्ठानको जग्गा राष्ट्रपति कार्यालयलाई दिने निर्णय खारेज

१० वैशाख, काठमाडौं । सरकारले महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा राष्ट्रपति कार्यालयलाई दिने निर्णय खारेज गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।

२०७५ साल भदौ १ गतेको मन्त्रिपरिषद् बैठकले प्रतिष्ठान सार्ने निर्णय गरेको थियो । तर, बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ११४ रोपनी तीन आना जग्गा प्रतिष्ठानले नै प्रयोग गरिरहने निर्णय गरेको हो ।

यसअघि उक्त जग्गा राष्टंरपति कार्यालयको नाममा हस्तान्तरण गर्ने निर्णय भएको थियो ।

प्रकाशित मिति : 13:11