एपोलो हाइड्रोपावरको आईपीओ बाँडफाँड मिति तय, कतिले पाउछन् सेयर ?
१० वैशाख, काठमाडौँ । एपोलो हाइड्रोपावरको आईपीओ बाँडफाँड मिति तय भएको छ । कम्पनीको आईपीओ वैशाख ११ गते बाँडफाँड हुने निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेडले जनाएको छ ।
कम्पनीको आईपीओमा अन्तिम दिनसम्म ४१.९५ गुणा बढी आवेदन परेको छ । सिडिएसका अनुसार कम्पनीको आईपीओमा २८ लाख ७५ हजार ३७२ जनाले ३ करोड २७ लाख ३२ हजार ९३० कित्ता बराबरको ३ अर्ब २७ करोड ३२ लाख ९३ हजार रुपैयाँका लागि आवेदन दिएका छन् ।
कम्पनीले सर्वसाधारणका लागि कुल ७ लाख ८० हजार २०० कित्ता आईपीओ निष्कासन गरेको थियो । मागभन्दा बढी आवेदन परेका कारण कम्पनीको आइपीओ गोलाप्रथाद्वारा बाँडफाँड हुनेछ । गोलाप्रथाद्वारा बाँडफाँड गर्दा ७८ हजार जनाले मात्रै १० कित्ताका दरले सेयर पाउनेछन् । भने २८ लाख बढीको हात खाली हुने निश्चित छ ।
प्रकाशित मिति : 11:34









