१० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026

१०० रूपैयाँमै नेपाल फाइनान्सको सेयर बिक्रीमा, सर्वसाधारणले खरिद गर्न सक्ने

१० वैशाख, काठमाडौं। नेपाल फाइनान्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले आजदेखि १० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य रु.१०० रूपैयाँ निर्धारण गरिएका छ । उक्त सेयर खरिदका लागि जो सुकै व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् । इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदन दिइसक्नु पर्नेछ ।

लगानीकर्ताले आवश्यक कागजात प्रमाण संलग्न गरी र खरिद गर्न चाहेको सेयर संख्या खुलाई कमलादी काठमाडौंमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ ।

प्रकाशित मिति : 10:24