१० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026

छिमेक लघुवित्तको ६९ हजार कित्ता सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

१० वैशाख, काठमाडाैं। छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखिएको छ । संस्थाले आजदेखि दुईजना संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको कुल ६९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो ।

सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४४५ रुपैयाँ तोकिएको छ । इच्छुक लगानीकर्ताले न्यूनतम ५ हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ । सेयर खरिदका लागि जो सुकै व्यक्ति तथा कम्पनीले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले वैशाख २१ गतेसम्म बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलको कार्यालयमा आईपुग्ने गरी आवेदन पेश गर्नु पर्नेछ ।

प्रकाशित मिति : 09:33