१० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026

सर्वसाधारणका लागि नेपाल लाइफको सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

१० वैशाख, काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले आजदेखि संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४०१ रुपैयाँ निर्धारण गरिएको छ । सेयर खरिदका लागि जो कोही व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन पाउनेछन् । सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले न्यूनतम २ हजार कित्ताका लागि वैशाख २४ गतेभित्र काठमाडौंको कमलपोखरीमा रहेको गरिमा क्यापिटलमा आईपुग्ने गरी आवेदन दिनुपर्नेछ ।

प्रकाशित मिति : 09:15