९ बैशाख २०८३, बुधबार | Wed Apr 22 2026

नेप्सेमा झिनो अंकको गिरावट, कारोबार रकम भने बढ्यो

९ वैशाख, काठमाडाैं । साताकाे तेस्राे काराेबारकाे दिन बसधबार सेयर बजारमा झिनाे अंककाे गिरावट आएकाे छ । बुधबार नेप्से २.९५ अकंले घटेर २८०४.१७ बिन्दुमा कायम भएको छ । बुधबार १२१ कम्पनीको सेयर मूल्य घटेको छ भने १३८ कम्पनीको सेयर मूल्य घटेको छ । १० कम्पनीको सेयर मूल्य स्थिर रहेको हो ।

आज ३४२ कम्पनीको १ करोड ७५ लाख ८८ हजार कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ८१ करोड ३९ लाख रुपैयाँको कारोबार भएको हो ।आजको कारोबारमा बैंकिङ शून्य दशमलव १३, वित्त समूह शून्य दशमलव ५८, लगानी शून्य दशमलव ०९, उत्पादन तथा प्रशोधन शून्य दशमलव २५ र निर्जीवन बीमा शून्य दशमलव ३८ प्रतिशतले बढेको छ । अरु सबै समूहको उपसूचक घटेको छ ।

विकास बैंक शून्य दशमलव २७, होटल तथा पर्यटन दुई दशमलव ३६, जलविद्युत् शून्य दशमलव ०६, जीवन बीमा शून्य दशमलव २५, लघुवित्त शून्य दशमलव १५, म्युचुअल फन्ड शून्य दशमलव ४०, व्यापार एक दशमलव १० र अन्य समूह शून्य दशमलव ०३ प्रतिशतले घटेको छ ।

आज तीन कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ। पाल्पा सिमेन्ट, सुपर खुदी हाइड्रो र शिखर पावर डेभलपमेन्टको सेयरमा सकारात्मक सर्किट लागेको छ ।

 यस दिन नेशनल हाइड्रोपावर कम्पनीको सर्वाधिक काराेबार भएकाे छ ।  यस दिन कम्पनीकाे ४१ करोड ३४ लाख रुपैयाँको सेयर काराेबार भएको छ। होटल फरेष्ट इनको सेयरमूल्य यस दिन सर्वाधिक १०.७५ प्रतिशत घटेको छ।

प्रकाशित मिति : 15:19