९ बैशाख २०८३, बुधबार | Wed Apr 22 2026

तीन कम्पनीको सेयरमा सकारात्मक सर्किट, कुनको मूल्य कति बढ्यो ?

९ वैशाख, काठमाडाैं । साताकाे तेस्राे काराेबारकाे दिन बसधबार सेयर बजारमा झिनाे अंककाे गिरावछ अाएकाे छ । बुधबार नेप्से २.९५ अकंले घटेर २८०४.१७ बिन्दुमा कायम भएको छ । बुधबार १२१ कम्पनीको सेयर मूल्य घटेको छ भने १३८ कम्पनीको सेयर मूल्य घटेको छ । १० कम्पनीको सेयर मूल्य स्थिर रहेको हो ।

आज ३४२ कम्पनीको १ करोड ७५ लाख ८८ हजार कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ८१ करोड ३९ लाख रुपैयाँको कारोबार भएको हो । आज तीन कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ। पाल्पा सिमेन्ट, सुपर खुदी हाइड्रो र शिखर पावर डेभलपमेन्टको सेयरमा सकारात्मक सर्किट लागेको छ ।

 

प्रकाशित मिति : 15:15