७ कम्पनीले बुक बिल्डिङ्गमार्फत सेयर निष्काशन गर्न नेप्सेसँग गरे सम्झौता
९ वैशाख, काठमाडौं । बुक बिल्डिङ्ग निर्देशिका बमोजिम सेयर निष्काशनका लागि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सँग सम्झौता भएका कम्पनीहरुको संख्या ७ पुगेको छ। नेप्सेले यस अघि ५ कम्पनीको सूचीलाई अध्यावधिक गर्दै अहिले ७ कम्पनीहरुको सूची सार्वजनिक गरेको हो।
सम्झौतामा यति ब्रुअरी लिमिटेड र नेपाल चिया विकास निगम लिमिटेड थपिएको हो। यस अघि जारी सूचीमा नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेड, जगदम्बा स्पिनिङ्ग मिल्स लिमिटेड, टाइम फर्मास्युटिकल्स लिमिटेड, लक्ष्मी स्टील्स लिमिटेड र पूर्वाञ्चल ल्युव आयल लिमिटेड सहभागी थिए।

प्रकाशित मिति : 14:09









