प्रधानमन्त्री शाह र गृहमन्त्री गुरुङबिच छलफल
९ वैशाख, काठमाडौं । ९ वैशाख, काठमाडौं । प्रधानमन्त्री बालेन शाहसँग छलफल गर्न गृहमन्त्री सुधन गुरुङ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुग्नुभएकाे छ ।
विवादित व्यवसायी दीपक भट्टसँगको साझेदारी र उनी संलग्न रहेको कम्पनीमा सेयर रहेको तथ्य सार्वजनिक भएसँगै चौतर्फी आलोचना खेपिरहनुभएका गुरुङ प्रधानमन्त्रीसँग छलफल गर्न पुग्नुभएकाे हाे ।
यसअघि मंगलबार मन्त्री गुरुङले नेपाल प्रहरीका आइजीपी, गृहसचिव, काठमाडौँका प्रमुख जिल्ला अधिकारी लगायतसँग छलफल गर्नुभएकाे थियाे ।
प्रकाशित मिति : 13:59









