अपर तामाकोशीमा दुई जना स्वतन्त्र सञ्चालक नियुक्त
९ वैशाख, काठमाडाैं। अपर तामाकोशी हाईड्रोपावर लिमिटेडमा दुई जना स्वतन्त्र सञ्चालक नियुक्त हुनुभएकाे छ । कम्पनीको स्वतन्त्र सञ्चालक पदमा डा. अवतार न्यौपाने र डा. छत्र बहादुर बस्नेत नियुक्त हुनुभएकाे हाे ।
गत फागुन ३० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले दुवै जनालाई कम्पनीको १६ औं र १७ औं वार्षिक साधारण सभाबाट अनुमोदन हुनेगरी स्वतन्त्र सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको थियो ।
प्रकाशित मिति : 13:32









