६ असार २०८३, शनिबार | Sun Jun 21 2026

११ समस्याग्रस्त सहकारीका ऋणीलाई १५ दिनभित्र साँवा-ब्याज भुक्तानी गर्न अल्टिमेटम

९ वैशाख, काठमाडाैं । सरकारले समस्याग्रस्त घोषित ११ सहकारी संस्थाका ऋणीहरूलाई हर्जानासहित १५ दिनभित्र साँवा–ब्याज भुक्तानी गर्न अनुराेध गरेकाे छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले एक सूचना जारी गर्दै सम्बन्धित ऋणीहरूलाई तोकिएको अवधिभित्र काठमाडौंको बुद्धनगरस्थित कार्यालयमा उपस्थित भई बाँकी साँवा, ब्याज तथा हर्जाना बुझाउन निर्देशन दिएको हो। साथै, समितिले तोकिएको समयभित्र ऋण चुक्ता नगरेमा कडा कदम चालिने चेतावनी दिएको छ।

त्यसमा ऋणीहरूको नाम–थर सार्वजनिक गर्ने, उनीहरू तथा परिवारका सदस्य र जमानीकर्ताको सम्पत्ति र बैंक खाता रोक्का गर्न सम्बन्धित निकायमा सिफारिस गर्ने, साथै सार्वजनिक सेवा–सुविधा समेत बन्द गराउने उल्लेख गरिएको छ।

त्यस्तै, सहकारी ऐन २०७४ र सहकारी नियमावली २०७५ अनुसार धितो राखिएको सम्पत्ति लिलामी बिक्री गरेर ऋण असुल गर्ने प्रक्रिया अघि बढाइने पनि समितिले जनाएको छ।

प्रकाशित मिति : April 22, 2026 at 10:46 am