९ बैशाख २०८३, बुधबार | Wed Apr 22 2026

सोपान फर्मास्युटिकल्सको आईपीओमा कति पर्यो आवेदन ?

९ वैशाख, काठमाडौं । सोपान फर्मास्युटिकल्स लिमिटेडले निष्कासन गरेको आईपीओमा मागभन्दा ९.५७ गुणा बढीले आवेदन परेको छ । कम्पनीले सर्वसाधारणका लागि कुल ३४ लाख ७४ हजार ९०० कित्ता सेयर निष्कासन गरेकोमा २९ लाख १४ हजार ४४३ जना आवेदकबाट कुल ३ करोड ३२ लाख ६७ हजार ५० कित्ताका लागि आवेदन परेको हो ।

उक्त आईपीओमा मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथाबाट बाँडफाँड गरिने छ । गोलाप्रथाबाट बाँडफाँड गर्दा ३ लाख ४७ हजार ४९० जनाले मात्र १० कित्ताका दरले सेयर हात पार्नेछन् भने बाँकी करिब २५ लाख ६७ हजार आवेदकको हात खाली हुने छ ।

प्रकाशित मिति : 09:35