८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026

धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि सरकारले बनायो सिफारिस समिति

८ वैशाख, काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि तीन सदस्यीय सिफारिस समिति गठन गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको संयोकत्वमा तीन सदस्यीय सिफारिस समिति बनाएको हो ।

उक्त समितिमा अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय र भुवन दाहाल सदस्य तोकिएकाे छ । यसअघि बोर्डमा रहेका सन्तोषनारायण श्रेष्ठ थिए। उनले गत वैशाख ४ गते राजीनामा दिनुभएकाे थियाे ।

प्रकाशित मिति : 17:03