गृहमन्त्री गुरुङ सभापति लामिछाने भेट्न बूढानीलकण्ठमा
८ वैशाख, काठमाडौं । रास्वपा सभापति रवि लामिछाने र गृहमन्त्री सुधन गुरुङबीच भेटवार्ता भएको छ । रविलाई भेट्न गृहमन्त्री गुरुङ उहाँको निवास बुढानिलकण्ठ पुग्नुभएको हो ।
विवादास्पद व्यापारी दीपक भट्ट समूहको लगानी भएको लघु बिमा कम्पनीको संस्थापक सेयर रहेको विषय सार्वजनिक भएपछि गृहमन्त्री अहिले विवादमा मुछिनुभएको छ । यसै विषयलाई लिएर उहाँलाई राजीनामा दिनुपर्ने भन्दै टिप्पणी भइरहेको छ । सार्वजनिक रुपमा चर्को आलोचना भएपछि उहाँ आफ्ना पार्टी सभापति लामिछाने भेट्न पुग्नुभएको हो ।
प्रकाशित मिति : 14:56









